मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बराबरी खेल्दै सिटी क्वार्टरफाइनलमा

ratopati.com

घरेलु मैदानमा स्पोर्टिङ लजिबनसँग गोलरहित बराबरी खेल्दै प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा हासिल गरेको ५-० को जीत नै सिटीका लागि निर्णायक बन्यो ।

सिटी प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको यो लगातार पाँचौ सिजन हो । पेप ग्वार्डिओलाले कीर्तिमानी १२ औँ पटक कुनै पनि टोलीलाई प्रतियोगिताको यो चरणमा पुर्याउन सफल भएका छन् । "म त्यो क्षणको आनन्द लिन सिकेको व्यक्ति हुँ। जब म क्वार्टर फाइनलमा पुग्छु, म रमाइलो गर्छु; जब म अन्तिम १६ मा पुग्छु, मलाई थाहा छ यो कति गाह्रो छ," बार्सिलोनालाई आफ्नो नेतृत्वमा दुई च्याम्पियन्स लिगको उपाधि दिलाएका​ग्वार्डिओलाले​ भने।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)