साउदीका तेल संरचना र विमानस्थलहरूमा आक्रमण; मक्का र मदिनामा क्षेप्यास्त्र खस्न सक्ने चेतावनी
hamrakura.com · Sun Oct 25 00:00:00 GMT 2026

साउदी । यमनका हुथी विद्रोहीहरूले साउदी अरबका तेल संरचना र विमानस्थलहरूमा आक्रमण गरेका छन् । हुथी प्रवक्ता याह्या सारीका अनुसार, आक्रमणका लक्ष्यहरूमा साउदी तेल कम्पनी 'आरामको' को यान्बु संरचना, राबिघ तेल प्रशोधन केन्द्र तथा रियाद, दमाम र नज्रानका विमानस्थलहरू समावेश थिए।
साउदी नागरिक सुरक्षा निकायले मक्का र मदिनामा क्षेप्यास्त्रका अवशेषहरू खस्न सक्ने सम्भावनालाई लिएर चेतावनी जारी गरेको छ र मानिसहरूलाई सुरक्षित स्थानमा रहन सुझाव दिएको छ। हुथीहरूले यस महिना साउदी अरबमा छ वटा ठूला आक्रमणहरू गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)