मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुक्तिनाथ मन्दिरमा बढ्यो भक्तजनको चहलपहल

hamrakura.com · Mon Oct 26 00:00:00 GMT 2026

काठमाडौँ। हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दशैँ पर्वपश्चात भक्तजन तथा पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। दशैँअगाडि बाढीपहिरोका कारण प्रायः सुनसान बनेको मुक्तिनाथ क्षेत्रमा यतिबेला पर्यटकको बाक्लो चहलपहल देखिएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत बिहीबारदेखि शनिबारसम्मको तीन दिनको अवधिमा मात्रै १२ हजार १३० जना भक्तजनले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन्। प्रहरी निरीक्षक तथा सूचना अधिकारी ईश्वर महतले दिएको जानकारीअनुसार दशैँको भोलिपल्ट ३,०३३ जना, शुक्रबार ४,८१३ जना र शनिबार ४,२८४ जनाले मन्दिरको दर्शन गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)