वैदेशिक रोजगारमा गएका श्रमिकका ३ हजार ३६३ छोराछोरीलाई छात्रवृत्ति प्रदान
nepalnews.com · Fri Jul 10 12:07:24 GMT 2026

काठमाडौं । वैदेशिक रोजगार बोर्डअन्तर्गतको वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणालीले आर्थिक वर्ष २०८२र८३ का लागि वैदेशिक रोजगारमा गएका मृत्युरअशक्त श्रमिकका छोराछोरीलाई प्रदान गरिने छात्रवृत्तिको विवरण उपलब्ध गराएको छ।
विवरणअनुसार हालसम्म देशभरका कुल ३ हजार ३६३ जना विद्यार्थीहरू छात्रवृत्ति प्राप्त गरेका छन्। प्राप्त विवरणअनुसार छात्रवृत्ति पाउने कुल विद्यार्थीमध्ये १ हजार ७८१ जना छात्र ९पुरुष० र १ हजार ५८२ जना छात्रा ९महिला० रहेका छन्। प्रदेशगत आधारमा हेर्दा, सबैभन्दा बढी विद्यार्थीहरू लुम्बिनी प्रदेशबाट रहेका छन्, जहाँ ७७८ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् । यसै गरी, कोशी प्रदेशबाट ७३७ जना, मधेश प्रदेशबाट ७१३ जना र गण्डकी प्रदेशबाट ५३१ जना विद्यार्थीहरू समेटिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)