मन्त्रीलाई भेट्न जनता होइन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल
bishowkhabar.com · Mon Oct 26 06:14:32 GMT 2026

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनताका समस्या सुन्न र सरकारले गरेका कामबारे जानकारी दिन मन्त्री आफैँ जनतामाझ पुग्नुपर्ने बताएकी छन् ।
भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले जनता मन्त्रीलाई भेट्न आउनेभन्दा मन्त्री नै जनतालाई भेट्न जानुपर्नेमा जोड दिइन् । भूमिहीन नागरिक र सहकारीपीडितका समस्या समाधानका लागि सरकारले गरिरहेका कामबारे जानकारी गराउन आफू चितवन आएको उनले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)