सर्लाहीका युवाले पनि लगाए आफ्नै शरीरमा आगो, हेलिकोप्टरबाट काठमाडाैं ल्याइँदै
shilapatra.com · Fri Jul 10 12:16:00 GMT 2026

मुगुका गणेश नेपालीले काठमाडाैंमा आत्मदाह गरेको दोस्रो दिन सर्लाहीमा पनि उस्तै किसिमको घटना भएको छ । गोडैता नगरपालिका -१० का ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।
उनको अवस्था नाजुक रहेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए । शिलापत्र सँग उनले भने, 'हेलीबाट उद्धारको तयारी भइरहेको छ । अवस्था चिन्ताजनक छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)