मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल सुरक्षामा ११ सय बढी प्रहरी परिचालन, खेलाडीलाई स्कर्टिङ

ratopati.com · Mon Oct 26 06:21:28 GMT 2026

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज उद्घाटन खेल हुँदैछ । उद्घाटन खेल लुम्बिनी लायन्स र सुदुरपश्चिम रोयल्सको बिचमा साँझ ५ बजे हुँदै छ ।

एनपीएल क्रिकेटको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्दैछन् । मंसिर ५ सम्म चल्ने प्रतियोगिताको सुरक्षाका लागि काठमाडौँ जिल्लाको जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाएर लागु गरेको छ । प्रतियोगिता अवधिभर ११ सय भन्दा बढी प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए । उनका अनुसार ११ सय २५ जना प्रहरी एनपीएलको सुरक्षा व्यवस्थापनमा खटिनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)