सन्धिखर्कमा एक घरमा आगलागी
ratopati.com · Mon Oct 26 06:22:19 GMT 2026

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा आज बिहान एक घरमा आगलागी भएको छ । सन्धिखर्क नगरपालिका–१, बैंक रोडस्थित महानन्द पोखरेलको घरमा आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी दिवस जिसीले आगो नियन्त्रणमा आइसकेको रातोपाटीलाई जानकारी दिए। नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगलागीबाट भएको क्षतिको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)