भूमिहीन र सहकारी पीडितको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री रावल
nepalpress.com · Mon Oct 26 06:29:08 GMT 2026

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन नागरिक र सहकारी पीडित बचतकर्ताको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
आज चितवन पुगेकी मन्त्री रावलले भूमिहीन नागरिक तथा सहकारी पीडितसँग प्रत्यक्ष भेटेर समस्या सुन्न आएको बताइन्। जनताको समस्या सुन्नमात्रै नभई सरकारले गरिरहेका काम तथा आगामी कार्ययोजनाबारे जानकारी गराउने उद्देश्य रहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)