मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

reportersnepal.com · Mon Oct 26 06:29:22 GMT 2026

अर्घाखाँची, ९ कात्तिक । हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै भाइ हो’ भन्ने उत्साहपूर्ण आवाज । दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ तथा भगवती मन्दिरहरूमा देखिने यो दृश्य जिल्लाको मौलिक सांस्कृतिक पहिचान बोकेको सराये नाच को हो ।

हिन्दूहरूको महान् पर्व बडादसैँका अवसरमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म विभिन्न दिनमा नाचिने सराये अर्घाखाँचीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत नाच हो । आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको खुसियालीमा यो नाच नाच्ने परम्परा रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)