श्रमिकको शवमा पनि हुने ठगीबारे मधेस सरकारको ध्यानाकर्षण : दोषीलाई कारबाही गर्न मुख्यमन्त्री यादवको निर्देशन
nayapatrikadaily.com · Wed Feb 08 00:31:00 GMT 2023
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने श्रमिकको शवमा पनि ठगी भएको विषयमा मधेस सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुख्यमन्त्री सरोज यादवले मृतक परिवारले पाउने सहायता र बिमाबापतको रकममा भइरहेको ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको बताए ।
मंगलबारको नयाँ पत्रिकामा ‘श्रमिकको शवमा पनि ठगी’ शिर्षकको प्रमुख समाचार प्रकाशित गरेको थियो । समाचारमा मधेशमा त्यसरी ठगिएका केही पीडितको उहाहरणसमेत थियो । समाचार प्रकाशित भएलगत्तै मुख्यमन्त्री यादवले चासो व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)