मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिभुवन विश्वविद्यालयका परीक्षा प्रणालीमा चरम लापरबाही : परीक्षा दिएका सयौँ विद्यार्थीको नतिजा अनुपस्थित, मार्कसिटमा चढेन प्रयोगात्मक नम्बर

nayapatrikadaily.com · Wed Feb 09 00:22:00 GMT 2022

त्रिभुवन विश्वविद्यालयका परीक्षामा सहभागी सयौँ विद्यार्थीको नतिजा अनुपस्थित आएको छ । व्यवस्थापन संकायको डिन कार्यालयमा सबैभन्दा धेरै अनुपस्थित छ । परीक्षा नियन्त्रण कार्यालय र अरू डिन कार्यालयबाट सञ्चालित परीक्षामा समेत परीक्षा दिएका विद्यार्थीको नतिजा अनुपस्थित देखिएको छ ।

डिन कार्यालयले सेमेस्टर प्रणालीका परीक्षा लिएर नतिजा सार्वजनिक गर्छ भने परीक्षा नियन्त्रण कार्यालय बल्खुले वार्षिक प्रणालीका परीक्षा लिने गरेको छ । परीक्षा दिएको विषयमा अनुपस्थित आएपछि विद्यार्थी कोभिडको जोखिम मोलेर निवेदन दिन जिल्ला–जिल्लाबाट काठमाडौं आइरहेका छन् । कतिपय विद्यार्थीको सबै विषयमा र कतिपयको एक–दुई विषयमा अनुपस्थित नतिजा आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)