मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

nagariknews.nagariknetwork.com · Wed Jun 10 06:10:09 GMT 2026

उदयपुरमा ट्याक्टर दुर्घटनामा परि चालकको मृत्यु भएको छ।

बुधबार बिहान अन्दाजी ०५:३० बजे जिल्लाको लिम्चुङबुङ गाउँपालिका वडा नं. १ र ३ को सिमानामा पर्ने सेतिढुङ्गा खहरे खोलास्थित कात्तिकेमा ट्याक्टर दुर्घटना हुँदा चालक ३२ वर्षीय हिमाल राईको मृत्यु भएको हो।

म. प्र. ०१–००१ त २८४० नम्बरको ट्याक्टर खोलाको उकालो र भिरालो कच्ची सडकमा फसेपछि निकाल्ने क्रममा ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटनामा परेको लिम्चुङबुङ १ का वडाध्यक्ष जनदिप थापा मगरले बताए।

सडकबाट अन्दाजी ५० मिटर तल खोलामा पल्टिँदा चालक राईको घटनास्थलमै मृत्यु भएको प्रहरी भनाई छ। दुर्घटनामा परेका २७ वर्षीय सहचालक प्रदीप राई भने सकुशल रहेका छन्।

वडाध्यक्ष मगरका अनुसार इलाका प्रहरी कार्यालय लिम्चुङबुङको टोलीले घटनास्थल सुरक्षित गरिरहेको छ भने जिल्ला प्रहरी कार्यालयबाट पनि टोली खटाइएको छ।

संयुक्त टोलीले घट्नाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)