काँग्रेस नेता निधि र महाराष्ट्रका विपक्षी दलका नेता अम्बादासबिच भेटघाट
gorkhapatraonline.com · Sat Aug 12 06:40:22 GMT 2023
काठमाडौँ, साउन २७ गते । नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतको महाराष्ट्र प्रदेश विधान परिषद्मा मुख्य प्रतिपक्षी दलका नेता अम्बादास दान्बेबीच शिष्टाचार भेटवार्ता भएको छ।
निजी भ्रमणमा पशुपतिनाथको दर्शनका लागि शुक्रवार नेपाल आएका दान्बे काँग्रेस नेता निधिलाई भेट्न साँझपख निधि निवास बानेश्वर पुगेका थिए। दानवे शिव सेना (उद्धव ठाकरे) पार्टीका तर्फबाट निर्वाचित विधान परिषद् सदस्य हुन्। निधिसँगको शिष्टाचार भेटमा दान्बेले नेपाल भारत सम्बन्धबारे छलफल गरेका थिए। यसै गरी, काठमाडौँ र महाराष्ट्रबिचको सम्बन्धबारे पनि छलफल भएको थियो। छलफलका क्रममा दान्बेले निधि र शिव सेना प्रमुख ठाकरेबीच टेलिफोनमा कुराकानी गराएका थिए। टेलिफोन कुराकानीमा ठाकरेले निधिलाई उपयुक्त समयमा बम्बई भ्रमणको निम्ता दिएका थिए। यसै गरी, निधिले पनि ठाकरेलाई नेपाल भ्रमणका लागि निम्ता दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)