अर्घाखाँचीको मौलिक पहिचान सराये नाच
nepalnews.com · Mon Oct 26 06:38:49 GMT 2026

अर्घाखाँची। हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै भाइ हो’ भन्ने उत्साहपूर्ण आवाज। दसैंको उल्लाससँगै अर्घाखाँचीका शक्तिपीठ तथा भगवती मन्दिरहरूमा देखिने यो दृश्य जिल्लाको मौलिक सांस्कृतिक पहिचान बोकेको सराये नाचको हो।
हिन्दूहरूको महान् पर्व बडादसैंका अवसरमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म विभिन्न दिनमा नाचिने सराये अर्घाखाँचीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत नाच हो। आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको खुसीयालीमा यो नाच नाच्ने परम्परा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)