मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सन्धिखर्कमा आगलागी

himalpress.com · Mon Oct 26 06:35:36 GMT 2026

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा आज बिहान एक घरमा आगलागी भएको छ । सन्धिखर्क नगरपालिका–१, बैंक रोडस्थित महानन्द पोखरेलको घरमा आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी दिवस जिसीले आगो नियन्त्रणमा आइसकेको जानकारी दिए। नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगलागीबाट भएको क्षतिको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)