बंगालको खाडीमा बन्यो चक्रवात ‘अर्नब’, प्रणाली आउनेछ नेपालतिर
barnanmedia.com · Mon Oct 26 06:26:35 GMT 2026

काठमाडौं । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली अब शक्तिशाली चक्रवातमा परिणत भएको छ । यो चक्रवातको नाम ‘अर्नब’ राखिएको भारत मौसम विज्ञान विभागले जनाएको छ । अर्नब नाम बंगलादेशले प्रस्ताव गरेको हो ।
भारतीय मौसम विभागले सोमबार (कात्तिक ९) नेपाली समयानुसार बिहान ५ः३० बजे त्यो चक्रवातका रूपमा देखिएको पुष्टि गरेको पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले उल्लेख गरेका छन् । “अब यो प्रणालीले भोलि मंगलबार मध्यह्नतिर भारतको आन्ध्र प्रदेश र उडिसाको तटीय क्षेत्रमा धावा बोल्ने देखिन्छ,” उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)