ताम्रकार फुटसलको सेमिफाइनल समिकरण पूरा
hamrokhelkud.com · Mon Mar 31 05:49:00 GMT 2025

ताम्रकार फुटसलको सेमिफाइनल समिकरण पूरा
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार फुटसलको छैटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ ।
सानेपा स्थित फिल्ड फूटसलमा विके सुनचाँदी पसल र ओरियन इलेक्ट्रिकल्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे । विकेले पहिलो खेलम तिछु गल्लिसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा मिलन ज्वेलर्सलाई १-० ले हरायो ।
त्यस्तै ओरियन पहिलो खेलमा उग्रचण्डीसँग गोलरहित बराबरीमा रोकिँदा दोस्रो खेलमा दिल ह्याण्डीक्राफ्ट्सलाई २-० ले हरायो । समूहको अन्य खेलमा तिछु गल्लि र मिलनले गोलरहित बराबरी खेल्दा उग्रचण्डीले दिललाई ३-१ ले हरायो ।
छनोट चरणमा तिछुले दिललाई १-१ को बराबरीपछि टाइब्रेकरमा ४-३ ले हराएर सेमिफाइनलमा स्थान बनायो । मिलनले उग्रचण्डीलाई २-० ले पराजित गर्यो ।
अर्को शनिबार हुने सेमिफाइनलमा विके सुनचाँदीले मिलन ज्वेलर्स तथा ओरियनले तिछुगल्लिसँग खेल्नेछ ।
ललितपुरका विभिन्न समाजका खेलाडी सम्मिलित प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । टिम प्रायोजन गर्ने उद्योग र कम्पनीहरुमा वि.के. सुन चांदी पसल, तिछुगल्ली स्टोर्स, दिल ह्याक्राफ्ट, ओरियन इलेक्ट्रीकल, मिलन ज्वेलर्स र उग्रचण्डी पार्टी भेन्यू रहेका छन् । वि.के. सुन चांदी पसल गत संस्करणको विजेता हो । सबै टोलीलाई जुजु वेयर्सद्वारा जर्सी प्रायोजन गरिएको छ ।
विजेता तथा उपविजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्नेछन । विजेता तथा उपविजेता टोलीलाई स्वर्गीय मोहन दास ताम्रकारको परिवारद्वारा नगद पुरस्कारको प्रायोजन रहेको छ । प्रतियोगिताका लागी करीब ९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ ।
ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिबाट आयोजित यस प्रतियोगिताको लागी प्रायोजित कम्पनीहरुबाट खेलाडी छनौट, जर्सी वितरण, प्राक्टीस म्याच, प्रोमोस्नल भिडियो लगायतका कार्यहरु भइसकेका छन् । उक्त प्रतियोगिता अवधिमा अण्डर १४ विधामा प्रतिस्प्रधा गर्ने छन् भने महिला खुल्ला तथा भेट्रान टिमले पनि मैत्रीपूर्ण खेल खेल्नेछन् ।
खेलकुदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत आठ वर्षदेखि प्रतियोगिता गर्दै आइरहेको छ ।
यस प्रतियोगिताका म्यान अफ द म्याच प्रायोजक टेलजी नेपाल र एटलिट ल्याण्ड, एक्सीलेन्ट टाईटल प्रायोजक एक्स स्टेप नेपाल र एटलिट ल्याण्ड, अण्डर १४ टिम प्रायोजक ताम्राकार समाज अष्ट्रेलिया, बद्रीको हल्वाई, सेयर प्रो सेक्यूरिटिज र ग्रेस इन्टरनेसनल, साथै अन्य प्रायोजक लक्ष्मी सनराईज बैंक, के.के. मार्ट, अल्फाईन ईन्जीनियरिब कन्सलटान्सी लिमिटेड, सम्झना ल्याबोरेटोरी एण्ड क्लिनिक प्रा.लि., उत्तम स्पेशल टी, लक्ष्मी सनराईज क्यापिटल, ओगस, ट्वान्टी फोर्टी, फेस एण्ड बडी नेपाल, बाराही फ्रेम्स र बज्र बटलर ट्रेडर रहेका छन् ।
त्यस्तै मिडिया पार्टनरको रुपमा भिजन्स नेपाल, हाम्रो खेलकुद र लहना संचार रहेका छन् । साथै मेडिकल पार्टनरको लागि अल्का अस्पताल रहेको छ ।
Latest News
आइपिएलमा आज मुम्बई र कोलकाता खेल्दै
March 31, 2025
ताम्रकार फुटसलको सेमिफाइनल समिकरण पूरा
March 31, 2025
बार्सिलोनाको जितमा लेवान्डोस्कीको २ गोल
March 31, 2025
All Latest News
Popular News
बार्सिलोनाको जितमा लेवान्डोस्कीको २ गोल
March 31, 2025
एस्टन भिल्ला एफएको अन्तिम चारमा
March 31, 2025
सिटी एफए कपको सेमिफाइनलमा
March 31, 2025
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)