भूमिहीन र सहकारी पीडितको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ - मन्त्री रावल
arthasansar.com · Mon Oct 26 06:43:17 GMT 2026

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन नागरिक र सहकारी पीडित बचतकर्ताको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । मन्त्री रावलले भूमिहीन नागरिक तथा सहकारी पीडितसँग प्रत्यक्ष भेटेर समस्या सुन्न आएको बताइन्। जनताको समस्या सुन्नमात्रै नभई सरकारले गरिरहेका काम तथा आगामी कार्ययोजनाबारे जानकारी गराउने उद्देश्य रहेको बताइन् ।
उनले भनिन्, ‘जनताले मन्त्रीलाई भेट्न आउनुभन्दा मन्त्री नै जनताको घरदैलोमा पुगेर समस्या सुन्नुपर्ने मान्यताअनुसार सरकारले नयाँ कार्यशैली अघि बढाएको छ। भूमिसम्बन्धी समस्या समाधानका क्रममा देखिएका कानुनी जटिलता र नीतिगत अवरोध हटाइएर आएका छौँ। हामीले सुरुवात गरेका हौँ, अब यसलाई तीव्रता दिने चरणमा प्रवेश गर्दैछौँ। भूमिहीनका समस्या समाधान गर्न आवश्यक नीतिगत सुधार गरिसकेका छौँ। आगामी दिनमा थप सुधार आवश्यक देखिए त्यसलाई पनि सच्याएर अगाडि बढ्छौँ । पीडितको हकमा उहाँहरूलाई जतिसक्दो चाँडो न्याय दिन सरकार तत्पर छ। नीति खराब भए नीति सच्याउनुपर्छ र नियत खराब भए त्यसलाई पनि गम्भीर रूपमा लिनुपर्छ।'
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)