सेवा दल विधेयकबारे कानुनमन्त्री : सशंकित हुनुपर्दैन
baahrakhari.com · Fri Jul 10 12:41:27 GMT 2026

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विद्यार्थीलाई राष्ट्रभक्तिसँग जोड्नका लागि राष्ट्रिय सेवा दल विधेयक ल्याएको बताएकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सेवा दल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा उठेका प्रश्नको जवाफ दिँदै उनले त्यस्तो बताएकी हुन् ।
“कोही सशंकित हुनु पर्दैन । सैन्यकरणका लागि होइन । विद्यार्थीलाई राष्ट्रभक्तिसँग जोड्नका लागि यो विधेयक ल्याइएको हो,” उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)