एसिड आक्रमण : कहिले कति घटना ?
ekantipur.com · Fri Jul 24 16:51:37 UTC 2020
काठमाडौँ — एसिड प्रहारको घटनाको सूचना पाउनेबित्तिकै संलग्नको खोजीमा जुटेको प्रहरीले धेरै अलमलिनु परेन । सीसीटीभी फुटेज, प्रत्यक्षदर्शी र पीडितको प्ररम्भिक बयानकै आधार पर्याप्त भयो ।
घटनामा पीडित पवित्रा कार्कीको मोबाइलको कल डिटेल पनि निकालेको प्रहरीका लागि अनुसन्धानका सूत्र पर्याप्त भए । बाफलमा सामान किन्न गएकी उनलाई ३ घण्टाको बीचमा मात्रै मोहम्मद आलमले आफ्नो र मुन्ना महमदको मोबाइलबाट ३७ पटकभन्दा बढी मिस्डकल गरेको खुलेको प्रहरीले जनाएको छ । घटनालगत्तै दुवैलाई पक्राउेयता प्रहरी अन्य तथ्यमाथि पनि अध्ययन गरिरहेको छ । डल्लुका गार्मेन्ट सञ्चालक ४७ वर्षीय आलम र उनका भारतीय कामदार महमद पक्राउ घटनाको तीन घण्टापछि नै परेका हुन् । प्रहरीका अनुसार आलमको योजनामा मुन्नाले एसिड प्रहार गरेका हुन् । तयारी झोलालगायत सामान उत्पादन गर्ने आलमको कारखाना र कार्कीको डेरा नजिकै छ । उनकी दिदी पनि केही वर्ष पहिले आलमकै कारखानामा काम गर्थिन् । अरू जागिर नपाउँदा एक महिना जति उनले पनि त्यहीँ काम गरेकी थिइन् । होटलमा लेखा कर्मचारीको काम पाएपछि भने उनले आलमको गार्मेन्ट छाडेकी थिइन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)