कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम
nepalsamaya.com · Mon Oct 26 06:46:00 GMT 2026

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ। पश्चिम एसियामा चर्किएको तनावका कारण तेल आपूर्ति प्रभावित हुने चिन्ता बढेसँगै मूल्य उकालो लागेको हो।
सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास कारोबार भइरहेको छ। पछिल्लो एक सातामा यसको मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ। ब्रेन्ट क्रुडको मूल्य पछिल्लो ५२ साताको उच्चतम स्तर ११७.४१ डलर प्रतिब्यारेलको नजिक पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)