‘ यूथ कांग्रेस नेपाल, अमेरिका’ को संयोजकमा सुरेशदर्पण पोखरेल
hamrakura.com · Mon Sep 21 16:49:00 UTC 2020
अमेरिका। यूथ कांग्रेस नेपाल अमेरिकाको संयोजकमा सञ्चारकर्मी एवं चलचित्र निर्देशक सुरेशदर्पण पोखरेल चयन भएका छन् । यूथ कांग्रेस नेपालका केन्द्रीय संयोजक सचिन तिमिल्सिनाले जारी गरेको प्रेस विज्ञप्तिमा हाल अमेरिकाको मेरिल्यान्डमा बसोबास गरिरहेका पोखरेललाई अमेरिकाको संयोजकको रुपमा नियुक्त गरिएको जानकारी गराइएको हो ।
देशभक्त तथा लोकतन्त्रवादी युवाहरु संगठित भइ लोकतन्त्रलाई सुदृढ बनाउन, सामाजिक न्याय सहितको समुन्नत समाज निर्माण गर्न, नागरिक स्वतन्त्रता, राजनैतिक स्वतन्त्रता, सामाजिक स्वतन्त्रता र आर्थिक स्वतन्त्रताको पक्षमा उभिन, लोकतन्त्रको मुलभूत सिद्दान्त, विधिको शासन तथा सुशासनको वकालत गर्न, राष्ट्रियता, प्रगतिशीलता, स्वतन्त्रता तथा संबिधानद्वारा प्रदत्त हकलाई प्रबर्द्धन गर्ने उदेश्यका साथ ‘ युथ कांग्रेस नेपाल ' स्थापना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)