मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सीले बोलाए चिनियाँ कम्युनिष्ट पार्टीको महत्त्वपूर्ण बैठक, चौथो कार्यकाल सुनिश्चित गर्ने नीति लिइने सम्भावना

bishowkhabar.com · Mon Oct 26 07:02:49 GMT 2026

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङले पार्टीभित्र अनुशासन कडा बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र कार्यकर्ताको कार्यक्षमता तथा वफादारी बढाउने विषयमा छलफल गर्न सोमबार बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको महत्त्वपूर्ण बैठक सुरु गरेका छन् । आगामी वर्ष हुने पार्टी महाधिवेशन र नेतृत्वको सम्भावित फेरबदलअघि सुरु भएको बैठकलाई चीनको भावी राजनीतिक दिशा बुझ्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

पाँचौं पूर्ण अधिवेशन भनिने बैठकमा सत्तारूढ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका करिब ३०० सदस्य सहभागी छन् । सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीले बैठकमा पार्टीको अनुशासन र स्वशासन सुदृढ गर्ने रणनीतिक योजनासहितको मस्यौदा निर्णय प्रस्तुत गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)