किन थियो आकस्मिक मन्त्रिपरिषद् बैठक?
nepallive.com · Sun Sep 27 16:43:00 UTC 2020
काठमाडौं– आइतबार मन्त्रिपरिषद् बैठक बोलाउने कुनै नियमितता थिएन। तर आकस्मिक रुपमा बैठकको खबर पाएपछि मन्त्रीहरुले सोचेका थिए, बैठकले कुनै नयाँ र महत्वपूर्ण निर्णय गर्नेछ। निर्णय नै नभए पनि प्रधानमन्त्री केपी ओलीबाट कम्तीमा पनि कुनै महत्वपूर्ण विषयमा ‘ब्रिफिङ’ हुनेछ। बैठक त भयो तर त्यस्तो महत्वपूर्ण न निर्णय भयो, न त छलफल नै।
‘आकस्मिक रुपमा डाकिएको बैठकको खबरसँगै हामीले मन्त्रिमण्डल पुनर्गठनबारे केही छलफल होला, प्रधानमन्त्रीले केही सुनाउनुहोला भन्ने सोचेका थियौं,' बैठक सकिएपछि आइतबार साँझ एक मन्त्रीले नेपाल लाइभसँग भने, ‘त्यस्तो कुरा नआएपछि हामीलाई पनि एक हिसाबले आश्चर्य नै लाग्यो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)