५ लाख ३० हजार घुस खानेलाई अख्तियारले समात्यो
lokpath.com · Sun Aug 30 17:09:02 UTC 2020
काठमाडौं । पूर्वाधार विकास कार्यालय, बाँकेमा कार्यरत कार्यालय प्रमुख मनिष कुमार अर्याललाई अख्तियारले ५ लाख ३० हजार घुससहित पक्राउ गरेको छ।
विभिन्न सेवाग्राहीहरूबाट रकम लिई बुटवलतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले अर्याललाई सो रकमसहित पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)