मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कति जनाले हेरे ‘गौंथली’, ‘पेन्सन पट्टा’, ‘बा : एक योद्धा’ ?

ratopati.com · Mon Oct 26 07:12:16 GMT 2026

काठमाडौँ । नेपालभर प्रदर्शनरत फिल्म ‘गौंथली’, ‘पेन्सन पट्टा’ र ‘बा : एक योद्धा’ को पछिल्लो आधिकारिक बक्स अफिस विवरण सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले आइतबार राति ११ः५९ बजेसम्मको व्यवसाय समेट्दै सोमबार बक्स अफिस विवरण सार्वजनिक गरेको हो ।

विवरणअनुसार ‘गौंथली’ फिल्म हेर्ने दर्शकको सङ्ख्या अहिलेसम्म ९ लाख ४४ हजार ८१७ पुगेको छ । यो अवधिमा फिल्मले २६ करोड ३ लाखभन्दा बढीको व्यवसाय गर्न सफल भएको छ । डा. कपिल रिजालको निर्देशन रहेको ‘गौंथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)