मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दशैँमा प्रदर्शन भएका फिल्ममध्ये ‘आ बाट आमा २’ को ग्रस कलेक्सन सबैभन्दा बढी

kalakarmi.com · Mon Oct 26 07:12:35 GMT 2026

काठमाडौं– चलचित्र विकास बोर्डले नेपालभर प्रदर्शन भइरहेका नेपाली फिल्महरुको बक्स अफिस विवरण सार्वजनिक गरेको छ । बोर्डले बक्स अफिस प्रणालीबाट प्राप्त कात्तिक ८ गते आइतवार राति ११ः५९ बजेसम्मको तथ्यांकअनुसार बडादशैँको अवसर पारेर प्रदर्शन भएका फिल्मको पहिलो बक्स अफिस रिपोर्ट उल्लेख छ ।

जस अनुसार फुलपातीको अघिल्लो दिन अर्थात असोज ३० गतेदेखि प्रदर्शनमा आएको चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा २’ ले ४ करोड ११ लाख ४६ हजार ८ सय ४८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो अवधिमा यो फिल्मका कुल १ लाख ३१ हजार ४ सय ९१ वटा टिकट विक्री भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)