चन्द्रागिरिको आईपीओ भर्नेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट
baahrakhari.com · Thu Jan 14 17:59:00 UTC 2021
काठमाडौं । चन्द्रागिरि हिल्सको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारणसभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो ।
साधारणसभाको अवसरमा चन्द्रागिरि हिल्सले स्थानीय तथा सर्वसाधारणका लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने आवेदकलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)