वर्षाका कारण भारत र दक्षिण अफ्रिकाबीचको पाँचौँ तथा निर्णायक टी-२० क्रिकेट रद्द
Ujyaaloonline.com · Mon Jun 20 00:51:58 GMT 2022
काठमाण्डाै - वर्षाका कारण भारत र दक्षिण अफ्रिकाबीचको पाँचौँ तथा निर्णायक टी-२० क्रिकेट रद्द भएको छ ।
पाँचौँ तथा अन्तिम निर्णायक खेल वर्षाको कारण रद्द भएपछि श्रृङ्खला २–२ को बराबरीमा सकिएको छ । चिन्न्यास्वामी स्टेडियम बेङ्ग्लोरमा टस हारेर ब्याटिङ गरेको भारतले ३ ओभर ३ बलमा २ विकेटको क्षतिमा २८ रन बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)