रातारात हस्ताक्षर गराउन नगर कार्यालयभित्रै थुनिए वडाअध्यक्षहरु
ratopati.com
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकमा नगर प्रमुख लालकिशोर साहविरुद्ध उत्रिएका वडाध्यक्षहरुलाई नगरपालिका कार्यालयभित्रै थुनिएको छ । असन्तुष्टी जनाउने वडाध्यक्षहरुलाई नगर प्रमुख साहले जुनसुकै अवस्थामा पनि हस्ताक्षर गराएर छाड्ने अडान लिँदै प्रहरीको सहयोगमा कार्यालय भित्रै थुन्न लगाएका हुन् ।
नगरसभा नजिकिँदै गर्दा उपमहानगरको नीति तथा कार्यक्रम तयार पार्नका लागि बोलाइएको बोर्ड बैठकमा नगर प्रमुख साहले सिधै हस्ताक्षर गर्न निर्देशन दिएपछि बहुमत वडाअध्यक्षहरुले प्रतिवाद गरेका थिए । सोही क्रममा केहि वडा अध्यक्षमाथि नगरप्रमुखले प्रहरी लगाएर कुटपिट समेत गरेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)