एनपीएलको माहोल तताउन एक्स्ट्रिम इनर्जी ड्रिङ्कको ‘एक्स्ट्रिम एन्थम’ सार्वजनिक
nepalviews.com · Mon Oct 26 07:25:29 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्स्ट्रिम इनर्जी ड्रिङ्कले क्रिकेटको जोश, संगीतको ऊर्जा र समर्थकको उत्साह समेटिएको ‘एक्स्ट्रिम एन्थम’ सार्वजनिक गरेको छ ।
एनपीएलको मैदानमा देखिने प्रतिस्पर्धात्मक जोश र मैदानबाहिर समर्थकले देखाउने उत्साहलाई एउटै सांगीतिक लयमा जोड्ने उद्देश्यले एन्थम तयार पारिएको कम्पनीले जनाएको छ । खेलाडीको प्रदर्शन, हरेक बलमा बढ्ने उत्सुकता, चौका–छक्कामा गुञ्जिने हुटिङ र आफ्नो टोलीको जितमा समर्थकले व्यक्त गर्ने खुसीलाई गीतमार्फत प्रस्तुत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)