८८ वर्षीया महिलालाई घरमै नागरिकता
ekantipur.com · Wed Dec 16 16:59:33 UTC 2020
रामेछाप — रामेछापकी एक वृद्धालाई प्रमुख जिल्ला अधिकारीले उनकै घरमा पुगेर नागरिकता प्रमाण पत्र उपलब्ध गराएकी छिन् । प्रजिअ रुद्रादेवी शर्माले रामेछाप नगरपालिका ५ रामपुरकी ८८ वर्षीया शक्तिमाया लामा तामाङलाई बुधबार घरमै पुगेर नागरिकता दिएकी हुन् । घरमै पुगेर जिल्लामा नागरिकता वितरण गराएको यो पहिलो हो । यसअघि जिल्ला प्रशासन कार्यालय र घुम्ती टोलीमा नागरिकता वितरण गर्ने गरिएको थियो ।
आफन्त कोही नभएकी, कान कम सुन्ने तामाङले नागरिकता प्रमाण पत्र नपाएको कारण सरकारी सुविधा उपयोग गर्न पाएकी थिइनन् । ती महिलाको प्रमाण नपुग्दा यसअघि नागरिकता नबनेको हो । वडाध्यक्ष भिमबहादुर तामाङले प्रमाण जुटाउन ३ महिना लागेको बताए । वडा अध्यक्ष तामाङका अनुसार वृद्धाको माइती दोलखाको विगु गाउँपालिका साविक ओराङ गाविसमा हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)