सशस्त्रले ‘विशेष अधिकार’सहित चार एसएसपीलाई फिल्डमा खटायो, तत्काल कारबाही गर्न सक्नेसम्मको अधिकार
rajdhanidaily.com · Fri Jul 10 13:29:27 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरी बलले सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रण गर्ने कार्यलाई थप सशक्त बनाउन सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको नेतृत्वमा फिल्डमै अनुसन्धान गरी तत्काल कारबाही गर्न सक्ने अधिकारसहितको विशेष अनुगमन टोली परिचालन गरेको छ । कुनै पनि प्रकारको भ्रष्टाचार, आर्थिक अनियमितता वा अनुचित प्रभावलाई शून्य सहनशीलताको नीतिअनुसार नियन्त्रण गरी ‘रिवार्ड र पनिसमेन्ट’ नीतिलाई अक्षरशः पालना नगरेको भेटिएमा जुनसुकै तहका कमान्डर तथा विभिन्न दर्जाका सशस्त्र प्रहरी कर्मचारीमाथि छानबिन गरी आवश्यक कारबाही गर्नेगरी सो टोली परिचालन गरिएको हो ।
स्रोतका अनुसार, सशस्त्रले एसएसपीहरू सुधिरजंग थापा, भरत खनियाँ, उद्धव न्यौपाने र समिक महर्जनलाई अनुगमनका लागि खटाएको हो । महर्जनलाई पूर्व क्षेत्र, न्यौपानेलाई मधेश, खनियाँलाई परासीदेखि दाङ र थापालाई दाङदेखि पश्चिम हेर्नेगरी खटाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)