एन्फामाथिको हस्तक्षेप पूर्ण रूपमा रोक्न फिफा र एएफसीको पत्र, अन्यथा निलम्बन गरिने
onlinekhabar.com · Wed Jun 10 06:16:49 GMT 2026

२७ जेठ, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको हस्तक्षेप पूर्ण रूपमा बन्द नभए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने अन्तिम चेतावनी दिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५ दिनअघि (५ जुन २०२६ मा) प्राप्त गरी हालै सार्वजनिक गरेको संयुक्त पत्र अनुसार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत जेठ २ गते (१५ मे) एन्फामाथिको निलम्बन फुकुवा गरे पनि चैत १२ गते (२५ मार्च) चालेका अन्य कदमहरू अझै फिर्ता लिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
फिफा
काठमाडौँ