मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्वीडेन र क्यानडाले प्यालेस्टिनी शरणार्थीहरूका लागि राष्ट्रसङ्घको एजेन्सीलाई पुन: सहायता शुरु

Ujyaaloonline.com · Sun Mar 10 01:20:27 GMT 2024

काठमाण्डौ – स्वीडेन र क्यानडाले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र सङ्घको एजेन्सी यूएनआरडब्ल्यूएलाई पुनः सहायता प्रदान गर्न शुरु गरेका छन् । गएको अक्टोबर ७ मा १२ सय जनाको ज्यान जानेगरी प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा यूएनआरडब्ल्यूएका कम्तीमा १२ जना कर्मचारी संलग्न भएको आरोप लगाएपछि क्यानडा र स्वीडेनलगायत १६ वटा देशले एजेन्सीलाई आर्थिक सहयोग रोकेका थिए ।

संयुक्त राष्ट्रसङ्घको एजेन्सीले आफ्ना कर्मचारी र खर्चको थप कडा अनुगमन गर्ने वाचा गरेपछि स्वीडेनले प्रारम्भिक रुपमा १९ मिलियन सहायता पठाउने बताएको छ । विज्ञप्तिमा स्वीडेन सरकारले सन् २०२४ मा सहायताका लागि ३८ मिलियन डलरको कोष विनियोजन गरेको उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)