मानव बेचबिखन मुद्दामा कांग्रेस वडाध्यक्ष जेल चलान
nepalpress.com · Wed Jun 10 06:25:59 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसबाट वडाध्यक्ष जितेका शिवबहादुर थापा मानब बेचबिखन मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन् । उनी स्याङ्जाको पुतलीबजार नगरपालिका– ४ का निर्वाचित वडाध्यक्ष हुन् ।
तेञ्जी शेर्पाको जाहेरीले नेपाल सरकार वादी रहेको मानव बेचबिखन मुद्दामा उनलाई पुर्पक्षमा थुनामै राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । न्यायाधीश ठाकुरप्रसाद खरेलको बेञ्चले जेठ २५ गते त्यस्तो आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)