मुम्बईको लगातार पाँचौं जित
neplays.com · Sun Apr 27 19:48:44 GMT 2025
मुम्बई इन्डियन्सले लगातार पाँचौं खेल जित्दै आईपीएल अंक तालिकामा दोस्रो स्थान उक्लिएको छ।
जसप्रीत बुमराहको नेतृत्वमा उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले मुम्बई इन्डियन्सले लखनऊ सुपर जायन्ट्सलाई ५४ रनले पराजित गरेको हो। लखनउले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि सूर्यकुमार यादव र रायन रिक्लटनको अर्धशतकको मद्दतले मुम्बईले २० ओभरमा सात विकेट गुमाएर २१५ रन बनायो। जवाफमा लखनउको टोली २० ओभरमा १६१ रनमै अलआउट भयो। यो आईपीएलमा मुम्बईको १५० औं जित हो र यो यस प्रतियोगितामा सबैभन्दा धेरै खेल जित्ने टोली हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)