मृत्युको उत्सव मनाउने पर्व ‘डे अफ द डेड’ [तस्विरहरु]
kendrabindu.com · Mon Oct 26 07:39:35 GMT 2026

मेक्सिकोमा मृतक आफन्त तथा साथीहरूको सम्झनामा मनाइने ‘डे अफ द डेड’ पर्वको तयारी सुरु भएको छ । हरेक वर्ष नोभेम्बर १ र २ मा मनाइने यस पर्वमा मृतकको सम्झना गर्दै उनीहरूप्रति श्रद्धा व्यक्त गरिन्छ । मृत्युको भय र शोकलाई मात्र केन्द्रमा नराखी जीवनकै निरन्तरताका रूपमा मृत्युलाई आत्मसात् गर्ने यस परम्पराले मेक्सिकन संस्कृतिमा विशेष स्थान ओगटेको छ ।
मेक्सिकन परम्परामा सुन्तला रङको सयपत्री फूल अर्थात् ‘सेम्पासुचिल’ लाई दिवंगत आत्मालाई आफ्ना परिवारसम्म फर्कने बाटो देखाउने प्रतीकका रूपमा लिइन्छ । त्यसैले पर्वका बेला घर, सडक, बजार र स्मृतिमा बनाइने विशेष वेदीहरूमा यी फूलको व्यापक प्रयोग हुन्छ । यस पर्वको तयारीका क्रममा पनि जलिस्को राज्यको रान्चो सान जुआन डिएगोमा सयपत्री फूलले ढाकिएको बगैंचामा तस्बिर खिच्नेकाे भीड लागेकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)