मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति : ३२ हजारभन्दा बढी प्रभावित, ३ हजार घर पुनः प्रयोग गर्न नमिल्ने अवस्थामा

aarthiknews.com

काठमाडौं । गत भदौ १० गते रसुवागढी र भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको प्रारम्भिक आर्थिक क्षति भएको छ।

राष्ट्रिय योजना आयोगले तयार पारेको प्रारम्भिक सर्वेक्षणअनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहमा बाढीले ३२ हजार ८७२ जनालाई प्रत्यक्ष प्रभावित पारेको छ। घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)