विपक्षी गठबन्धन अझै बलियो बनाउने देउवा, प्रचण्ड र नेपालबीच सहमति
pahilopost.com · Mon Jun 14 17:25:03 GMT 2021
काठमाडौँ विपक्षी गठबन्धनका नेताहरुले गठबन्धन अझै बलियो बनाउने बिषयमा छलफल गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार राति नेपाल निवास कोटेश्वरमा डेढ घण्टा छलफल गरेका थिए। उनिहरुले गठबन्धनलाई कमजोर बनाउने षडयन्त्र भएको भन्दै सचेत हुनुपर्ने बताएका थिए।
नेता नेपालको सचिवालयका अनुसार भेटमा विभिन्न संवैधानिक निकायले निश्पक्ष ढंगले काम नगरेको, कोभिड नियन्त्रणमा सरकार असफल भएको लगायतका बिषयमा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)