भर्खरैः पूर्वमन्त्री गोविन्दराज जोशी नेपाली कांग्रेसबाट ५ वर्षका लागि निष्काशित
livemandu.com · Sat Jul 25 16:43:41 UTC 2020
नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीसहित पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुस्करनाथ ओझा र नेपाली कांग्रेस डडेल्धुराका सचिव रामबहादुर विष्टलाई पार्टीबाट निष्कासित गरेको छ । जोशी र ओझालाई पाँच वर्ष तथा विष्टलाई ३ बर्षका लागी पार्टीबाट निष्कासन गरिएको नेपाली कांग्रेसले प्रेस विज्ञप्ती जारी गरेको छ ।
भीष्मराज आङदेम्बेको अध्यक्षतामा नेपाली काँग्रेस केन्द्रिय अनुशासन समितिको बैठकले ३ दिनको म्याद राखी अन्तिम् स्पष्टिकरणकै विषयमा प्राप्त जवाफ चित्तबुझ्दो नभएको र सबुत प्रमाणको आधारमा नेपाली कांग्रेस पार्टीको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) (ग) बमोजिम पार्टीबाट कार्वाही स्वरुप निष्काशनको निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)