परिचयपत्रदेखि अनुदानसम्म, डिजिटल प्लेटफर्ममा जोडिए २५ लाख किसान
ictsamachar.com
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रमअन्तर्गत हालसम्म देशभरका झण्डै २५ लाख किसान विद्युतीय प्रणालीमा दर्ता भएका छन् । किसानको स्वामित्व वा उपयोगमा रहेको जमिन तथा कृषि उत्पादनको विवरणका आधारमा उनीहरूलाई सूचीकरण गरिएको मन्त्रालयले जनाएको छ ।
कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितका अनुसार किसानलाई राज्यबाट उपलब्ध हुने सेवा, सुविधा र सहुलियत प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले डिजिटल माध्यमबाट विवरण संकलन गरिएको हो । उनले कृषि जनगणना २०७८ ले देखाएको कुल ४१ लाख ३० हजार किसानमध्ये अझै १६ लाखभन्दा बढी किसानलाई सूचीकरण प्रक्रियामा समेट्न बाँकी रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)
काठमाडौँ