स्थानीय तह ७५३ कि ७६६ ?
ekantipur.com · Sun Feb 06 00:53:35 GMT 2022
राजपत्र प्रकाशन भएको पाँच महिनापछि जारी स्थानीय सरकार सञ्चालन ऐनमा भने संख्या र सीमा हेरफेरका लागि चुनाव हुनुभन्दा एक वर्षअघि नै प्रस्ताव पेस गर्नुपर्ने उल्लेख छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचनाबमोजिम स्थानीय तहको सिमाना हेरेर, स्तरोन्नति र संख्या वृद्धिका सम्बन्धमा सुझाव पेस गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहकार्य सुरु गरेको छ । मन्त्रालयले यति बेलाको निर्णय अध्ययन गरेर छलफलका लागि प्रतिवेदन तयार पार्न उपसचिव तुलसी अर्याललाई जिम्मेवारी दिएको छ । संघीय मन्त्रालयका सचिव सुरेश अधिकारीले स्थानीय तहको संख्या थप, सिमाना हेरफेर र स्तरोन्नतिबारे राजनीतिक तहमा कुरा उठे पनि मन्त्रालयमा गहिरो ढंगले छलफल भइनसकेको बताए । ‘मन्त्रीज्यू बिरामी हुनुहुन्छ । उहाँ मन्त्रालय आएपछि के गर्ने भन्ने विषयमा छलफल गरेर टुंगोमा पुर्याइनेछ,’ उनले भने । मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई कोभिड संक्रमण भएको छ । स्रोतका अनुसार मन्त्री श्रेष्ठ सकभर स्थानीय तह थप्ने मनस्थितिमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)