महिलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तालिम
nepalsamaya.com · Fri Jun 09 16:47:00 GMT 2023
गोरखा- बारपाक सुलिकोट गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तालिम प्रदान गरेको छ। गाउँपालिकाले स्थानीय स्रोत र साधनको उपयोग गरी महिलालाई उद्यमी बनाउँदै आर्थिक आयआर्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले मुढा बुन्ने तालिम प्रदान गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।
गरिबी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत प्राविधिक सीप विकास तालिममार्फत महिलाका लागि एकमहिने मुढा बुन्ने तालिम दिइएको उनले बताए। गाउँपालिका–४ स्थित देवी महिला लद्युउद्यमी समूहमा आबद्ध ११ महिलाले तालिम लिएर व्यावसायिक उद्यम सुरु गरेका अध्यक्ष भट्टको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)