बालुवाटार जग्गा हिनामिना प्रकरणका बिचौलिया छुटे
nayapatrikadaily.com · Wed Jan 12 00:16:00 GMT 2022
तत्काल मुद्दा नचलाउने निर्णय गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अनुसन्धान प्रतिवेदन प्रहरीमा फिर्ता गरिदिएपछि बालुवाटार जग्गा हिनामिना प्रकरणका मुख्य बिचौलिया भनिएका रामकुमार सुवेदी छुटेका छन् । सरकारी वकिल कार्यालयकै निर्देशनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई मंगलबार आफन्तको जिम्मा लगाएर छाडेको हो ।
तीन साताअघि श्रीमती माधवीसहित उनलाई प्रहरीले पक्राउ गरेको थियो । सिआइबीले लिखत किर्ते कसुर मुद्दा चलाउन रायसहितको प्रतिवेदन पठाएकोमा अनुसन्धान पूरा नभएको भन्दै सरकारी वकिल कार्यालयले सोमबार फाइल सिआइबीमा फिर्ता पठाएको थियो । जसअनुसार तत्काल मुद्दा नचल्ने भएपछि बिचौलिया छुटेका हुन् । तत्काल मुद्दा अघि बढ्ने अवस्था नभएपछि उनीहरू छुटेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)