समाजवाद चाहिएकै हो ?
rajdhanidaily.com · Sat Sep 30 23:38:25 GMT 2023
नेपालमा समाजवाद भन्ने शब्द अत्यन्तै लोकप्रिय देखिन्छ र यसलाई राजनैतिक समर्थन पनि प्राप्त छ । यसका बाबजुद समाजवाद भन्ने अवधारणा संसारबाट तीव्रगतिमा लोपोन्मूख एक अर्थ राजनैतिक दर्शन र भाष्य हो । संसारका करिब १९५ देशमध्ये केवल भियतनाम र श्रीलंकाको औपचारिक पूरा नाममा समाजवाद शब्द प्रयोग भएको छ । अल्जेरिया, चीन, बंगलादेश, लाओस, उत्तर कोरिया, मकाओ गरी ६ देशका आधिकारिक नाममा ‘जन’ भन्ने शब्दको प्रयोग भएको छ, जसले समाजवादी दर्शनको प्रभाव देखाउने मान्न सकिन्छ । चीन हित चारवटा माक्र्सवादी भनिने देशलाई छोडेर संविधानमा नै समाजवाद औपचारिकरूपमा उल्लेख गर्ने देशहरू भारत र नेपालसहित जम्मा १२ वटा छन् (स्रोत : विकिपेडिया) । के नेपाल समाजवादको उर्वर आश्रयस्थल हो त ? के नेपालीले समाजवादको वास्तविकता स्वीकार गरेर आफ्नो संविधानमा गर्वका साथ समाजवादउन्मुख भनेर उल्लेख गरेका हुन् त ? समाजवादका आर्थिक, ऐतिहासिक, दार्शनिक, नैतिक, प्राकृतिक, व्यावहारिक, राजनीतिक, वैज्ञानिक आदि अनेक पक्षलाई केलाएर हामीले रोजेको हो त यो समाजवादी संविधान ? आज यस लेखमार्फत, नेपालको सन्दर्भमा समाजवादका आर्थिक पक्षको विश्लेषण गर्ने प्रयास गर्नेछु । अन्य पक्षको विश्लेषण भविष्यमा गर्दै जानेछु ।
हुन त, हिटलरको पार्टी पनि आफूलाई समाजवादी भन्थ्यो र स्टालिन र लेनिनको पार्टी पनि समाजवादी थियो । यस्तोमा कुन चाहिं समाजवाद भन्ने कुराले रनभुल्लमा पार्ने कुरा अनौठो भएन । हुन त ती दुवै खाले समाजवादले मानव समाजलाई पीडा दिएको छ र अपुरणीय क्षति पु¥याएको छ । यस हिसाबले यी दुईमा खासै भिन्नता छैन । तर, म आज चाहिं कार्ल माक्र्स, लेनिन र माओको वामपन्थी समाजवादमा केन्द्रित रहन चाहन्छु किनकी नेपालका अत्यधिक मतदाता र राजनैतिक पार्टीहरू कि माक्र्सवादी लेनिनवादी धारका देखिन्छन् वा माओवादी धारका देखिन्छन् । हाललाई प्रायः सबैको लक्ष्य समाजवाद नै रहेको देखिन्छ । प्रकट दस्तावेजका आधारमा हेर्ने हो भने नेपाली कांग्रेसको समेत दर्शन र लक्ष्य समाजवाद नै रहेको छ । यो पक्कै पनि हिटलरको समाजवाद नभएर वामपन्थी समाजवाद नै होला भनेर अनुमान गरौं ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)