चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले गरे पदभार ग्रहण
ratopati.com · Mon Oct 26 09:12:44 GMT 2026

काठमाडौँ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले पदभार ग्रहण गरेका छन् । सोमबार बोर्डको कार्यालय पुगेर पण्डितले कार्यभार सम्हालेका हुन् । बोर्डमा उनलाई कर्मचारी र अन्य पदाधिकारीले फूलमालाले स्वागत गरेका छन् ।
बोर्डमा पदभार ग्रहण अगाडि उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो अध्यक्ष पदको नियुक्त बुझेका थिए । पण्डितलाई गत ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष पदका लागि १२ जनाले व्यावसायिक कार्ययोजना प्रस्तुत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)