मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोशी सरकारले घोषणा गरेको पर्यटन वर्षमै २२ प्रतिशतले घटे पर्यटक !

ratopati.com · Mon Oct 26 09:15:00 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षमै पर्यटकको आवागमन २२ प्रतिशतले घटेको एक तथ्याङ्कले देखाएको छ । विदेशी पर्यटकको आगमन घट्दा त्यसको प्रत्यक्ष असर यहाँको होटल व्यवसाय, रोजगारी र समग्र हवाई यातायात क्षेत्रमा परेको छ ।

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले केही दिन अगाडि सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को ‘वार्षिक प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन’ अनुसार समीक्षा वर्षमा कोशी प्रदेश भित्रिने बाह्य पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)