अस्ट्रेलियाली संसद् भवनमा नेपाली फिल्म ‘एलिफेन्ट इन द फग’ को विशेष प्रदर्शन
kalakarmi.com · Mon Oct 26 09:11:05 GMT 2026

क्यानबेरा– अस्ट्रेलियाको सङ्घीय संसद् भवनस्थित थिएटरमा नेपाली फिल्म ‘एलिफेन्ट इन द फग’ को विशेष प्रदर्शन गरिएको छ । नेपाली फिल्मका लागि ऐतिहासिक मानिएको यस कार्यक्रमले नेपाली कला, संस्कृति तथा फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने तथा नेपाल–अस्ट्रेलियाबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसर प्रदान गरेको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा एनसीएक्स स्टुडियो इन्टरनेसनलको निमन्त्रणामा प्रदर्शनमा सहभागी भएकी थिइन् । अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको आयोजनामा सम्पन्न कार्यक्रममा फेडेरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन्स अफ अस्ट्रेलिया (फेन्का), स्पिडविङ्स ग्रुप अस्ट्रेलिया र एनसीएक्स स्टुडियो इन्टरनेसनलले सहकार्य गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)